दफा १५
सूचना वा मद्दत नदिने व्यक्तिलाई दण्ड सजाय
यस ऐन विपरीत कार्य हुन लागेको भैरहेको वा भैसकेको कुरा थाहा पाएपछि सो कुराको सूचना दिनुपर्ने वा २आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयले मागेको बखत मद्दत दिनुपर्ने कर्तव्य भएको कुनै व्यक्तिले जानी जानी त्यस्तो सूचना वा मद्दत नदिएमा निजलाई कसूरको प्रकृति हेरी तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।